बालविवाह गर्ने र गराउने अभियोगमा ३ जना पक्राउ

  • Avatar
    admin

    February 28, 21 7:58 am

  • Comments

पर्सा, १६ फागन । वीरगंज महानगरपालिका–१६ स्थित भुटनदेवी मन्दिरबाट बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेहरूमा विवाह गर्ने दुलही १८ वर्षीया किशोरी, सोही नगरपालिका–१६ नगवा बस्ने दुलाहा १९ बर्षीय गुड्डु सर्राफ र दुलाहाका बुवा ४६ वर्षीय कृष्ण सर्राफ रहेका छन् ।

मुलुकी अपराध संहिताको दफा १७३ विपरीत उक्त मन्दिरमा बालविवाह गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।