बाबुरामको अभिव्यक्ति गैरजिम्मेवार र निराधार : प्रधानमन्त्री ओली

  • Avatar
    admin

    October 16, 20 8:30 am

  • Comments

काठमाडौं, ३० असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूसहित अन्य पूर्वप्रधानमन्त्रीमाथि लगाएको आरोपमा सत्यता नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले बाबुरामको अभिव्यक्तिलाई गैरजिम्मेवार र निराधार भनेका छन् ।

Advertisement

६५ औं प्रहरी दिवशको अवसरमा शुक्रबार हेडक्वाटरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बूढीगण्डकी जलविद्युत आयोजनामा घुस बाँडेर खाएको भन्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्तिको खण्डन गरे । प्रधानमन्त्री ओलीले भने, ‘यस्ता गैरजिम्मेवार र निराधार अभिव्यक्ति एउटा कुरा हो। हामी त्यस्तो गैरजिम्मेवार र अनुत्तरदायी हुन सक्दैनौं।’

केही दिनअघि एक कार्यक्रममा भट्टराईले प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत् आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण आफूसँग रहेको दाबी गरेका थिए ।

advertisement

प्रधानमन्त्री ओलीले यस्ता आधारहित गलत सूचना दिएर जनता नभड्काउनसमेत आग्रह गरे। भने, ‘हामी त्यस्तो गैरजिम्मेवार हुन सक्दैनौं, त्यति अनुत्तरदायी हुन सक्दैनौं । देश र जनतालाई गलत सूचना दिएर भ्रममा पारेर, भड्काएर, गलत बाटोमा लाने कुचेष्टा र त्यस्ता हर्कत हामी गर्न सक्दैनौं।’

ओलीले आफ्नो सरकारले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको निति लिएको दावी गरे । भने, ‘केहीले गैह्रजिम्मेवार तरिकाले बोलेर हिँडेको सुनेँ, कार्यारम्भ नै नभएको कसले कसरी काम गर्छ भन्ने टुंगो नभएको आयोजनामा बाँडेर खाए भन्ने गैह्रजिम्मेवारी अभिव्यक्ति निराधार छ ।’