बाँकेमा कोरोना सङ्क्रमणबाट थप ५ जनाको मृत्यु

  • Avatar
    admin

    June 13, 21 8:24 am

  • Comments

बाँके, ३० जेठ । बाँकेमा कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ ।

Advertisement

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बैतडी, बर्दिया, सल्यान, बाँके र दाङका एकर/एकजना गरी कुल ५ जनाको मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु हुने यो संख्या शनिबार दिउँसो ३:४५ देखि आइतबार बिहान ७ बजे सम्मको हो ।

बैतडीको पुर्चौडी नगरपालिका–८ का ५५ वर्षीय पुरुषको शनिबार दिउँसो ३:४५ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा जेठ १५ गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी बर्दियाको राजापुर नगरपालिका–१ की ४९ वर्षीया महिलाको शनिबार ४ बजे भेरी अस्पतालमा मृत्यु भएको हो । उनीमा जेठ १० गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी सल्यानको कालिमाटी गाउँपालिका-२ का ४६ पुरुषको शनिबार राति १२:४५ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको फोकल पर्सन ओलीले बताए । उनीमा जेठ १ गते संक्रमण पुष्टि भएको थियो ।

दाङको लमही नगरपालिका–१ की ३२ महिलाको आइतबार बिहान ७ बजे भेरी अस्पतालमा मृत्यु भएको हो । उनीमा जेठ २० गते संक्रमण पुष्टि भएको थियो ।

बाँकेको बैजनाथ गाउँपालिका–५ का ६७ पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार बिहान ४:१० बजे मृत्यु भएको हो । उनीमा जेठ ५ गते संक्रमण पुष्टि भएको थियो ।