बर्दियामा कोरोना सङ्क्रमणबाट थप एक युवकको मृत्यु

  • Avatar
    admin

    May 7, 21 5:56 am

  • Comments

बर्दिया, २४ वैशाख। बर्दियाको बारबर्दिया नगरपालिका–८ का एक कोरोना सङ्क्रमित युवकको होम आइसोलेशनमा मृत्यु भएको छ ।

Advertisement

बारबर्दिया–८ का ३८ वर्षीय युवाको वैशाख १७ गते बाँसगढीको माछागढमा रहेको कोभिड अस्पतालमा एन्टिजेन परीक्षण गराउँदा उनी र उनकी श्रीमतीकोमा पोजेटिभ रिपोर्ट आएको थियो ।

उनीहरूको रिपोट पोजेटिभ आएपछि होमआइसोलेशनमा बस्दै आएका युवाको अस्पताल लैजाने क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए।

बर्दिया जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।