बन्चरो प्रहार गरी आफ्नै बाबुको हत्या

  • Avatar
    admin

    April 25, 21 7:36 am

  • Comments

मकवानपुर, १२ वैशाख। मकवानपुरको कैलाश गाउँपालिकामा छोराले बन्चरो प्रहार गरी आफ्नै बाबुको हत्या गरेका छन् ।

Advertisement

कैलाश गाउँपालिका वडा नम्बर–३ मा आइतबार बिहान ९ बजेको समयमा आफ्नै छोराले बन्चरो प्रहार गर्दा बाबुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय ५० वर्षीय बलराम सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए ।

मृतक सापकोटाको बन्चरो प्रहारबाट घटनास्थलमै मृत्यु भएको प्रहरी निरिक्षक अधिकारीले बताएको छ।

मृतक सापकोटालाई आफ्नै छोरा वर्ष ३० का अञ्जन सापकोटाले बन्चरो प्रहार गरेर हत्या गरेको र उनलाई पक्राउ गरी प्रहरी नियन्त्रणमा राखिएको प्रहरी निरिक्षक अधिकारीले जानकारी दिए ।

बन्चरो प्रहार गर्नुको कारण भने खुल्न सकेको छैन । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।