बङ्गलादेशमा विलासिताका वस्तु आयातमा रोक

`

     २०७९ वैशाख ३० गते ११:४८
  • 19
    Shares

एजेन्सि, ३० वैशाख । बंगलादेशमा कोभिडपछिको अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै यहाँको विकास बजेट या अन्य कुनै बजेटबाट विदेश भ्रमण गर्न रोक लगाइएको छ ।

अर्थ मन्त्रालयले बिहीबार एक सूचना प्रकाशन गरेर यहाँका सरकारी भ्रमणहरु सबै प्रकारका हाललाई रोकिएको जनाएको छ ।

यहाँको केन्द्रीय बैंकले बंगलादेशमा विलासिताका र अत्यावश्यक बाहेकका वस्तुहरु आयातमा पनि रोक लगाएको छ । यहाँको केन्द्रीय बैंकले आर्थिक सुधार र मितव्ययिता सम्बन्धी कार्यक्रमहरु ल्याएको थियो ।

यहाँको सरकारले वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको भन्दै यहाँ खाद्यान्न सहितको अत्यावश्यक बाहेकका अरु सामानहरुको आयातमा रोक लगाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?