बङ्गलादेशको फेरीमा आगो लाग्दा ३२ को मृत्यु, मृतकको सङ्ख्या अझै बढ्न सक्छ

`

     २०७८ पौष ०९ गते ५:४८
  • 23
    Shares

एजेन्सि, ९ पौष । बंगलादेशमा एउटा फेरीमा आगो लाग्दा ३२ जनाको मृत्यु भएको छ । दुर्घटनाग्रस्त फेरीमा ५०० जना यात्रु थिए ।

‘तीन तले सो फेरी नदीकोको बीचमा आगो लागेको थियो । आगलागीमा जलेका ३२ जनाको शव फेला पारेका छौं । मृतकको संख्या अझै बढ्न सक्छ । ’ स्थानीय प्रहरी प्रमुख मोइनुस इस्लामले भने । आगो लागेपछि कोही नदीमा हाम फालेका थिए ।

घायल १०० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मर्मतसम्भारको अभाव, न्यून सुरक्षा र क्षमताभन्दा बढी यात्रुका कारण फेरी दुर्घटनामा परेको विज्ञहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?