फेरि सुर्खेत फर्कियो कर्णाली विवाद : मुख्यमन्त्रीले बोलाए शुक्रबार संसदीय दलको बैठक, कँडेल पक्ष अनुपस्थित हुने

  • Avatar
    admin

    October 22, 20 1:09 am

  • Comments

काठमाडौं, ६ कात्तिक । संघीय राजधानीमा एक साता लामो गृहकार्य र छलफल गर्दा पनि सहमति नजुटेपछि नेकपाको कर्णाली प्रदेश विवाद फेरि प्रदेश राजधानी सुर्खेतमै फर्केको छ ।

Advertisement

प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवाद समाधानबारे मंगलबार परस्पर विरोधी फरक–फरक प्रेस नोट जारी गरेपछि कर्णाली प्रदेशको विवाद प्रदेश राजधानी सुर्खेतमै फर्किएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्तावपछि सुरु भएको कर्णाली प्रदेश सरकार विवाद मिलाउन दुई अध्यक्ष ओली र प्रचण्डले प्रदेश पार्टी नेतृत्वलाई २९ असोजमै काठमाडौं बोलाएका थिए । तर, त्यसबीच विभिन्न चरणमा छलफल भए पनि मंगलबार दुई अध्यक्ष ओली र प्रचण्डबीच समाधानको विकल्पमा विवाद देखिएपछि विवाद बोकेर प्रदेश पार्टी नेतृत्व सुर्खेतमै फर्केको छ ।

advertisement

अध्यक्ष प्रचण्डको सचिवालयले कर्णाली विवाद प्रदेश सरकार र प्रदेश पार्टी नेतृत्वले समाधान गर्ने समझदारी भएको प्रेस नोट जारी गरेपछि मुख्यमन्त्री शाहीसहित वरिष्ठ नेता माधवकुमार नेपालनिकट प्रदेशका नेताहरू काठमाडौंबाट कर्णाली फर्किएका छन् । उता दुई अध्यक्षबीच चारबुँदे सहमति भएको दाबीसहित ओली पक्षले सहमति कार्यान्वयन हुनुपर्ने मुद्दा उठाएको छ । यो खबर आजको नयाँपत्रिकामा छ।