फिल्म निर्देशक सुमित्रा भावको निधन

  • Avatar
    admin

    April 19, 21 9:18 am

  • Comments

एजेन्सी, ६ वैशाख। मराठी फिल्मकी चर्चित निर्देशक सुमित्रा भावको ७८ वर्षको उमेरमा निधन भएको छ ।

Advertisement

लामो समयदेखि बिरामी भावको पुर्णेको एक प्राइभेट अस्पतालमा उपचार भैरहेको थियो । मराठी अभिनेता मोहन अगाशेले सुमित्राको निधनको समाचार उल्लेख गरीएको छ ।

उनका अनुसार सुमित्राको निधन सोमबार बिहान ६ ४५ मा पुणेको एक अस्पतालमा भएको हो । सुमित्रालाई इन्फेक्सनलगायत थुप्रै समस्या रहेको थियो । त्यसैले उनी दुई साता अगाडिदेखि अस्पतालमा भर्ना गरिएकी थिईन् ।

सुमित्रा एक राम्रो निर्देशकको अलवा लेखक र गीतकार पनि थिइन् । उनले करिव ५० शर्ट फिल्म तथा केही मराठी सिरियल्स निर्देशन गरेकी छन् ।

सुमित्राले ‘कासव’, ‘अस्तु’, ‘वेलकम होम’, ‘वास्तुपुरुष’। ‘दहाबी’ जस्ता कयौ फिल्म समेत बनाएकी छन् । फिल्म ‘कासव’ बाट नेशनल अवार्ड समेत हात पारेकी थिइन् । १९८० को दशकका फिल्म निर्देशक सुनील सुकथनकरसँग मिलेर उनले १७ फिल्म निर्देशन गरेका छन् ।