प्रिन्सिपलबाटै बालिकामाथि यौन दुर्व्यवहार

  • Avatar
    admin

    November 26, 20 1:53 pm

  • Comments

कपिलवस्तु, ११ मंसिर । साना बालिकामाथि यौनजन्य व्यवहार गर्ने कपिलवस्तुका एक प्रिन्सिपल प्रहरीको फन्दामा परेका छन्।

Advertisement

बुद्धभूमि नगरपालिका-१० भगवानपुरमा रहेको बुद्ध ज्ञान ज्योति इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल मिमि भनिने मोहम्मद हुसेनलाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले मंगलबार पक्राउ गरेको थियो।

advertisement

जिल्ला सदरमुकाम तौलिहवा बस्दै आएका हुसेनलाई स्थानीयले विद्यालयबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गोरुसिंगेलाई खबर गरेका थिए। गोरुसिंगेका प्रहरी निरीक्षक कृष्ण राना मगरले यौन दुर्व्यवहारको विषयमा थप अनुसन्धान भएको बताएका छन्।

प्रहरीका अनुसार हुसेनले विद्यालयको कक्षा ३ मा पढ्ने ११ वर्षकी बालिकामाथि यौनजन्य दुर्व्यवहार गरेका थिए। घटनाको पूरा विवरण थप अनुसन्धानपछि पत्ता लाग्ने प्रहरीको भनाइ थियो।

प्रिन्सिपलले बालिकाहरूलाई आफ्नो कार्यकक्षमा बोलाएर नग्न बनाएर सुत्न लगाउने, यौन अंगहरू चलाउने र आफ्ना यौन अङ्ग चलाउन लगाउने गर्दै आएका पीडित बालिकाले बताएका छन्।