प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापकका लागि त्रिविले माग्यो आवेदन

  • Avatar
    admin

    February 21, 21 6:57 am

  • Comments

काठमाडौँ, ९ फागुन । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न विषयका प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ ।

Advertisement

आयोगले खुलातर्फ १४ जना र आन्तरिकतर्फ ६३ जना प्राध्यापकका लागि विज्ञापन खुलाएको छ । यसैगरी खुलातर्फ २० जना र आन्तरिकतर्फ ८० जना सहप्राध्यापकका लागि दरखास्त आह्वान गरेको छ । उपप्राध्यापक पदमा भने खुलातर्फमात्रै झण्डै साढे पाँच सय जनाका लागि विज्ञापन खुलाइएको छ ।

आयोगले अंग्रेजी, नेपाली, अर्थशास्त्र, व्यवस्थापन, भौतिकशास्त्र, इन्जिनियरिङ, कानुन, कृषि, स्वास्थ्य, इतिहास, पत्रकारिता लगायतका विषयमा आवेदन माग गरीएको हो ।

प्रतिस्पर्धा गर्न चाहनेले चैत १४ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत २१ गतेसम्म दरखास्त दिन सक्ने छन् ।