प्रधानमन्त्री ओलीको बहिर्गमन छिट्टै हुन्छ : डा. बाबुराम भट्टराई

  • Avatar
    admin

    April 6, 21 12:10 pm

  • Comments

गोरखा, २४ चैत। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिट्टै बहिर्गमन गर्ने बताएका छन्।

Advertisement

आज गृह जिल्ला गोरखा आएका उनले पत्रकारसँगको कुराकानीमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आफ्नो पार्टी तयार रहेको बताए।

नले भने, ‘लोकतन्त्रमाथि जहाँबाट खतरा छ त्यो हटाउनुपर्छ ।, त्यसैले प्रधानमन्त्रीको बहिर्गमन पहिलो शर्त हो ।, त्यसका लागि हाम्रो पार्टी जे गर्न पनि तयार छ ।’ प्रधानमन्त्रीले राजीनामा दिने संकेत नभएका कारण हटाउनका लागि अविश्वासको प्रस्ताव ल्याउनुको विकल्प नभएको उनको भनाइ छ ।

अविश्वासको प्रस्ताव ल्याउदै गर्दा वैकल्पिक प्रधानमन्त्रीको उमेदवार पनि दिनुपर्ने भएकाले केही अन्योलता भएको भट्टराईले जनाए।

कांग्रेस, नेकपा माओवादी, जसपा र एमालेमा ओलीसँग असन्तुष्ट रहेका पक्षहरु मिलेर छिट्टै अविश्वासको प्रस्ताव ल्याएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउने उनले जानकारी दिए।