प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आज सुनुवाइ हुँदै

  • Avatar
    admin

    January 13, 21 2:49 am

  • Comments

काठमाडौं, २९ पुस । आज बुधबार प्रतिनिधिसभा विघटन बदरको मागसहित परेका रिटमाथि सुनुवाइ हुँदै छ ।

Advertisement

आज पहिलो, कानुन व्यवसायीहरूको मागअनुसार बृहत् पूर्ण इजलासमा लगिन्छ कि लगिँदैन । दोस्रो, संवैधानिक इजलासमै सुनुवाइ भएका इजलासमा को–को न्यायाधीश हुनेछन् ? भन्ने दुई विषयमा सुनुवाइमा हुने भएको छ ।

यसअघिको सुनुवाइमा निवेदकले उठाएका दुई मुद्दामध्ये एकको टुंगो लागिसकेको छ । न्यायाधीश हरिकृष्ण कार्कीले यो विषयको रिट नहेर्नुपर्ने माग पूरा भइसकेको छ ।

अब विघटनको विषयलाई बृहत् पूर्ण इजलासमार्फत सुनुवाइ गरी टुंगो लगाउने कुरामा आजको इजलासले निर्णय गर्छ वा गर्दैन चासोको विषय बनेको छ ।

पुस २२ मा भएको बहसका क्रममा हरिकृष्ण कार्कीले आफूमाथि प्रश्न उठेकाले इजलासमा नबस्ने निर्णय गरेको इजलाससमक्ष जानकारी गराएका थिए । त्यसको एक सातापछि बुधबार हुन लागेको बहसमा प्रधानन्यायाधीश जबराले कस–कसलाई राख्लान् भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

हाल यससम्बन्धी १३ वटा रिट विचाराधीन छन् । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

उक्त विघटन गैरसंवैधानिक रहेको र प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने मागसहित परेका एक दर्जनभन्दा बढी रिटलाई पुस ८ को प्रारम्भिक छलफलपश्चात् प्रधानन्यायाधीश जबराको इजलासले यी संवैधानिकमा पठाउने आदेश दिएका थिए ।