पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा प्रवेश, सोमबार संकटा र मच्छिन्द्र भिड्ने

`

     २०७८ माघ ०९ गते ११:५७
  • 26
    Shares

काठमाडौँ, ९ माघ । पोखरामा जारी आहा १ रारा गोल्डकपमा नेपाल पुलिस क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा मनाङले पुलिसलाई २-० ले हराएको हो ।

प्रतिस्पर्धात्मक पहिलो हाफमा गोलरहित बराबरीमा खेले पनि दास्रो हाफमा मनाङले आक्रामक खेल खेल्दै जित निकाल्न सफल भएको हो । खेलको ६४ औं मिनेटमा मनाङका रुपेश केसीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो भने ८८ औं मिनेटमा अलावाले अफिज टिमका लागि दोस्रो गोल गर्दै मनाङको जित सुनिश्चित गरे ।

८७ औं मिनेटमा विमल राना घाइते भएपछि केही समय मनाङमर्स्याङ्दी १० खेलाडीमा सीमित हुन पुगेको थियो ।

अर्को खेल सोमबार डिफेन्डिङ च्याम्पियन संकटा र मच्छिन्द्र क्लबबीच अन्तिम ४ का लागि भिड्नेछन् । सहारा क्लबले आयोजना गर्दै आइरहेको आहारारा गोल्डकपको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?