पीएम कप : पुलिस २९.३ ओभरमा १११ रनमै अलआउट

  • Avatar
    admin

    January 17, 21 6:23 am

  • Comments

काठमाडौँ, ४ माघ। प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले समूह ‘बी’ मा रहेका नेपाल पुलिस क्लब र बागमती प्रदेश खेलि रहेका छन् ।

Advertisement

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिस १११ रनमै अलआउट भयो । साविक विजेता समेत रहेको पुलिसको यो लज्जास्पद ब्याटिङ हो । पीएम कपमा पुलिसको यो अहिलेसम्मकै कम स्कोर रहेका छ ।

बागमतीका बलरहररू नन्दन यादव र तिलकराज भण्डारीले उत्कृष्ट बलिङ गरेपछि पुलिस २९.३ ओभर मात्र क्रिजमा टिक्यो ।

पुलिसका लागि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले समान २१ रन बनाए । यस्तै ओपनर सुनिल धमला र कुशल भुर्तेलले समान १७ रन जोडे । बाँकी खेलाडीले दाहोरो अंकमा रन छुन सकेनन् । पुलिसलाई अलआउट गर्न बागमतीका नन्दन यादव र तिलकराज भण्डारीले ४.४ विकेट लिए ।

तिलकले ७.३ ओभरमा १ मेडन राख्दै १७ रन मात्र खर्चेर ४ विकेट लिए । नन्दनले ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चेर ४ विकेट लिए । यस्तै रामनरेश गिरीले २ विकेट लिए ।