पाँच महिनापछि अनुमति पाएसँगै पाँच कम्पनीले आइपिओ ल्याउँदै

`

     २०७८ माघ ०६ गते ९:०५

काठमाडौँ, ६ माघ । विगत पाँच महिनादेखि कुनै पनि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएका थिएनन् । त्यसको पाँच महिनापछि पाँचवटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ ।

बोर्डका तत्कालिन अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सेयरको भित्रि कारोबारमा मुछिएपछि बोर्ड नेतृत्व विहीन थियो ।

बोर्डका कार्यकारी निर्देशक निरज गिरीलाई अध्यक्ष ग्रहण अधिकार दिएलगत्तै पाँच वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका हुन् ।

ग्रिन भेञ्च, बलेफी हाइड्रोपावर, जाल्पा सामुदायिक लघुवित्त, राष्ट्रिय उत्थान लघुवित्त, नेसडो समृद्ध लघुवित्तले आईपीओ निष्कासन अनुमति पाएका हुन् ।

आईपीओ निष्कासनको अनुमति पाएका कम्पनिहरु

१.ग्रिन भेञ्चर:- ६२ लाख ५० हजार कित्ता ।
२.बलेफी हाइड्रो:- ३६ लाख ५५ हजार ९४० कित्ता,
३.नेसडो:- ८ लाख २८ हजार ७५० कित्ता,
४.राष्ट्र उत्थान:- ८ लाख ५० हजार कित्ता
५.जाल्पा:- ५ लाख २२ हजार कित्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?