November 26, 20 6:37 am
हेटौंडा, ११ मंसिर । मकवानपुरमा पटक–पटक आफ्नै १४ वर्षीया छोरी बलात्कार गरेका बाबुलाई अदालतले जेल सजायको फैसला गरेको छ ।
छोरी बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत मकवानपुरले ३७ वर्ष जेल सजायको फैसला गरेको हो। मंगलबारको न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले छोरीलाई लात्कार गरेको ठहर गर्दै ४२ वर्षीय बाबुलाई जबर्जस्ती करणीतर्फ १२ वर्ष र हाडनाता करणीतर्फ जन्मकैदको सजाय सुनाएको जनाइएको छ। नयाँ ऐनअनुसार जन्मकैद २५ वर्ष तोकिएको छ ।
श्रीमतीले आत्महत्या गरेपछि बाबुले छोरीलाई २०७३ देखि बलात्कार गर्दै आएका थिए ।