पछिल्लो २४ थप ५,७२७ जनामा कोरोना सङ्क्रमण, ३३ को मृत्यु

  • Avatar
    admin

    April 30, 21 10:51 am

  • Comments

काठमाडौँ, १७ वैशाख । पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

Advertisement

१५ हजार ३ सय ९१ पीसीआर परीक्षणमा ५ हजार ६ सय ५७ जना र ५ सय २५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ । जसमध्ये ३८ हजार ८ सय १३ जना सक्रिय संक्रमित रहेका छन् ।

जसमध्ये ३६ हजार १ सय ३५ जना होम आइसोलेसन र २ हजार ६ सय ७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोना भाइरस संक्रमितमध्ये ३ सय ३१ जना आईसीयूमा र १ सय १५ जना भेन्टिलेटरमा रहेका छन् ।

कोरोना भाइरस संक्रमणका कारण थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या ३ हजार २ सय ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९ सय २८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।