पछिल्लो २४ घण्टामा ४४५ थपिए, ५ को मृत्यु

  • Avatar
    admin

    January 13, 21 12:14 pm

  • Comments

काठमाडौँ, २९ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा थप  ४४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन् । साथै हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६६ हजार एक सय ४३ पुगेका छन् ।

Advertisement

यस्तै, पछिल्लो २४ घण्टामा चार सय १४ जना सङ्क्रमित निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ५९ हजार सात सय २२ पुगेको छ । देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या भने चार हजार चार सय ३४ छ ।

योसँगै मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणबाट २४ घण्टामा थप पाँच जनाको मृत्यु भएका छन्। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ सय ३७ पुगेको छ ।