पछिल्लो २४ घण्टामा भारतमा ५९४ को कोरोना संक्रमणबाट मृत्यु

  • Avatar
    admin

    October 20, 20 4:35 am

  • Comments

काठमाडौं, ४ कात्तिक । पछिल्लो २४ घण्टामा भारतमा ५९४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ, भने ४६ हजार ४९८ जना संक्रमित थपिएका छन्।

Advertisement

भारतमा हालसम्मको कुल संक्रमित संख्या ७५ लाख ९४ हजार ७३६ पुगेको वर्ल्डोमिटर्सको तथ्यांक उल्लेख छ। तीमध्ये हालसम्म एक लाख १५ हजार २३६ जनाको कोरोनाबाट मृत्यु भएको छ।

advertisement

भारतमा ६७ लाख ३० हजार ६१७ जना संक्रमणमुक्त भएका छन्। अहिले त्यहाँ सात लाख ४८ हजार ८८३ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।