पछिल्लो २४ घण्टामा थप १ सय १२ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

  • Avatar
    admin

    February 26, 21 11:57 am

  • Comments

काठमाडौँ, १४ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

मन्त्रालयका अनुसार ३ हजार ९ सय ४४ जनाको नमुना परीक्षण गर्दा ४४ महिला र ६८ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ । जसमध्ये शुक्रबार ४ जना सहित २ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५४ जना निको भएसँगै हालसम्म २ लाख ७० हजार २७७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ९३६ रहेको मन्त्रालयले जनाएको छ ।