पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

  • Avatar
    admin

    February 22, 21 11:26 am

  • Comments

काठमाडौँ, १० फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या दुई लाख ७३ हजार पाँच सय ५६ जना पुगेका छन् ।

Advertisement

जसमध्ये सक्रिय संक्रमित १५ सय २९ छन्। मन्त्रालयका अनुसार बितेको २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। नेपालमा हालसम्म कोरोना संक्रमणले २ हजार ६१ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टाम ९० जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६९ हजार ९ सय ६६ जना संक्रमणमुक्त भएका छन्।

हाल क्वारेन्टाइनमा रहनेको संख्या ६६ छ। नेपालमा हालसम्म २१ लाख ४३ हजार तीन सय १५ जनाको पिसिआर परीक्षण गरिएको छ।