न्यायपरिषद सदस्य निरालाको कोरोना सङ्क्रमणका कारण निधन

  • Avatar
    admin

    May 4, 21 7:30 am

  • Comments

काठमाडौँ, २१ वैशाख । न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । उनको मंगलबार काठमाडौँको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा मृत्यु भएको हो ।

Advertisement

कोरोना सङ्क्रमणपछि वैशाख १० गते अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप र मधुमेहको पनि समस्या देखिएको थियो । काठमाडौँको मित्र पार्क निवासी निराला पूर्व महान्यायाधिवक्ता समेत रहेका थिए ।

उनलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ सालमा न्यायपरिषद सदस्य नियुक्त गरेकी थिइन् ।