नोभाक जोकोभिचलाई अदालतले रिहा गर्ने

`

     २०७८ पौष २६ गते ६:५७
  • 27
    Shares

काठमाडौँ, २६ पौष । टेनिस विश्व नम्बर वान नोभाक जोकोभिचलाई अदालतले रिहा गर्ने निर्णय गरेको छ ।

जनवरी ६ मा अस्ट्रेलियन ओपन खेल्न मेलवर्न पुगेका जोकोभिचले कोभिडका स्वास्थ्य मापदण्ड पुरा नगरेको भन्दै भिसा रद्ध गर्दै देश प्रवेशमा निषेध गरेको थियो । जोकोभिचले आफुले खोप लगाएको वा नलगाएको बारे स्पष्ट गरेका छैनन् ।

न्यायाधीश एन्थोनी केलीले आफ्नो भिसा रद्द गर्ने सरकारको निर्णयलाई खारेज गर्दै निर्णय भएको ३० मिनेटभित्र जोकोभिचलाई रिहा गर्न आदेश दिएका छन् ।

यस प्रकरणमा गृह मन्त्रालयले मूल्याङ्कन गरे अनुसार जोकोभिचको लागत तिर्नुपर्ने र उनको राहदानी सहितको सबै सामान उसलाई फिर्ता गर्नुपर्ने आदेश अदालतले दिएको छ ।

रोयटर्सका अनुसार खेलाडीलाई पछि कार्लटनको मेलबर्न उपनगरको एउटा होटलमा लगिएको थियो जुन अध्यागमन हिरासतमा प्रयोग गरिन्छ। अष्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्टले जोकोभिकमाथि गरिएको व्यवहार कठोर देखिएको भएपनि अष्ट्रेलिया सरकार अन्तर्गत सबैका लागि एकै नियम रहेको प्रमाणित भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?