नेयमारले रोनाल्डोलाई पछि पारे

  • Avatar
    admin

    October 14, 20 8:49 am

  • Comments

एजेन्सी, २८ असाेज । नेयमार राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने दोस्रो ब्राजिलियन फुटबलर बनेका छन् । उनले आफ्ना पूर्वखेलाडी रोनाल्डोलाई पछि पार्दै ब्राजिल राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने पेलेपछि दोस्रो खेलाडी बनेका हुन् ।

Advertisement

विश्वकप छनोटअनतर्गत बुधबार बिहान भएको खेलमा पेरुविरुद्धको खेमला ह्‍याट्रिक गर्दै उनले आफ्नो राष्ट्रिय टोलीका पूर्वखेलाडी रोनाल्डोलाई पछि पारेका हुन् ।

२८ वर्षीय नेयमारले ब्राजिलका लागि १०३ खेलमा ६४ गोल गरेका छन् । यता ब्राजिलको राष्ट्रिय टोलीका लागि १७ वर्ष बिताएका रोनाल्डोले भने ९८ खेलमा ६२ गोल गरेका छन् । उनी नेयमारपछि ब्राजिलका लागि सर्वाधिक गोल गर्ने तेस्रो खेलाडी बनेका छन् । रोनाल्डोले ब्राजिलका लागि दुई विश्वकप, दुई कोपा अमेरिका र एक कन्फिडेरेसन कप जितेका थिए ।

advertisement

ब्राजिलका लागि नेयमारले भन्दा बढी गोल भने पेले गरेका छन् । उनले मात्र ९२ खेलमा ७७ गोल गर्दै ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडीको पहिलो स्थानमा छन् । यससँगै महान ब्राजिलियन गोलकिपर ताफरेलले नेयमार सुपरस्टार खेलाडी भएको र उनले ब्राजिलका लागि छैटौं विश्वकपको उपाधि जिताउने विश्वास व्यक्त गरेका छन् ।

“नेयमार एक राम्रा खेलाडी हुन्,” ताफरेलले आधिकारिक फिफा वेबसाइटमा भने, “नेयमारले खेल सुन्दर तरिकामा खेल्छन् । उनी एक अविश्वसनीय ड्रिबिलर हुन् र उत्कृष्ट गोल गर्छन् ।”

उनले थपे, “उनी हाम्रा लागि धेरै महत्त्वपूर्ण छन् । हामी वास्तवमै आशा गर्दछौं कि उनी एक सर्वश्रेष्ठ खेलाडी हुन सक्छन् र ब्राजिललाई अर्को विश्व कप जित्न मद्दत गर्नेछ । म भविष्यमा आशा गर्छु कि उनले यो पुरस्कार जित्न सक्ने छन् र विश्वको सर्वश्रेष्ठ खेलाडी मानिनेछन् ।”