नेप्से ४२ अङ्कले उकालो लाग्यो, कारोबार रकममा भने सुधार हुन सकेन

`

सर्बोच्च संवाददाता

काठमाडौँ, १९ असोज । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक लगभग ४२ अंकले वृद्धि भएको छ ।

Advertisement

केहीदिन यता लगातार घटिरहेको नेप्से परिसूचक मंगलबार ४१.८४ अंकले बढेर २६१२.६५ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.०४ अंकले उकालो लागेको छ । व्यापारबाहेकका सबै समूहहरु बढेर हरियाली देखिएका छन् ।

व्यापार समूहको उपसूचक भने ५६ अंकले घटेको छ । नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने सुधार हुन सकेन । कारोबार रकम ३ अर्ब पनि पुग्न सकेन ।

आज मल्टी प्रपोज फाइनान्स, हिमालयन पावर पार्टनर र समता घरेलु लघुबितको शेयर १० प्रतिशतले बढेको छ, भने एनआइसी लघुबितको शेयर १० प्रतिशतले घटेको छ ।

दिनभर भएका ४१ हजार ५१ वटा कारोबारबाट ५८ लाख ४२ हजार १३५ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६ सय ८३ रुपैयाँमा रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?