नेपाल नेदरल्याण्डसंग पराजित

  • Avatar
    admin

    April 20, 21 11:12 am

  • Comments

काठमाडौँ, ७ वैशाख । राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्डले नेपाललाई हराएको छ। नेपालले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ३ बल बाँकी हुँदै ७ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

Advertisement

त्रिवी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाललाई नेदरल्यान्ड्सले ३ विकेटले हराएको हो।

उसका लागि बासडी लिडेले अविजित ८१, बेन कपूरले ५५, कप्तान पीटर सीलारले ३१, टोबिएस भिसेले १५ रन बनाए । बलिङमा सन्दीप लामिछानेले चार, कुशल मल्ल, अविनाश बोहरा र करण केसीले एकरएक विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन जोडेको थियो।