नेपाली फुटबल टिम मैत्रीपूर्ण खेलका लागि जेठ ११ गते इराक जाने

  • Avatar
    admin

    May 19, 21 12:37 pm

  • Comments

काठमाडौँ, ५ जेठ। इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप तथा एसियन कपको संयुक्त छनोट खेल्ने नेपाली टोली यही मे २९ (जेठ १५ गते) कतार एयरवेजको विशेष विमानमार्फत् इराक प्रस्थान गर्ने भएका छन् ।

Advertisement

कोरोना महामारीको दोस्रो भेरियन्टले गर्दा अहिले अन्तर्राष्ट्रिय उडानहरु बन्द छन् । त्यसैले एन्फाले विशेष फ्लाइटको व्यवस्था गर्ने भएको हो ।

नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेपछि फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत बाँकी ४ खेल खेल्न कुवेत जानेछ । समूह बी मा रहेको नेपालले चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलियासँग खेल्न बाँकी छ । यसअघि ५ खेल खेल्दा नेपालले एक खेल मात्र जितेको थियो ।

प्रो–लाइसेन्स प्राप्त कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मुख्य प्रशिक्षक बनेयता नेपालको राष्ट्रिय टिमले पहिलो पटक खेल्दैछ । उनले भविष्यलाई मध्यनजर गर्दै यस पटक युवा खेलाडीहरु समेट्दै २३ सदस्यीय टिम घोषणा गरिसकेका छन् । जसमा ६ जनाले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् ।

नेपालले जुन ३ मा चाइनिज ताइपेईसँग खेल्नेछ भने जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

नेपाली टोली जुन १२ मा ९जेठ २९ गते० स्वदेश फर्किने एन्फाले जनाएको छ ।