April 4, 21 10:27 am
काठमाडौँ, २२ चैत । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा कुबेतका अब्दुल्लाह अलमुताइरीलाई नियुक्त गरेका छन् ।
उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले टेक्निकल कमिटीको सिफारिसअनुसार राष्ट्रिय टिममा नियुक्ति गरीएको हो ।
यसअघि नेपाली टिमको मुख्य प्रशिक्षक बालगोपाल महर्जन रहेका थिए।
विश्वकप छनोट खेल्ने टिमको मुख्य प्रशिक्षकसँग प्रो लाइसेन्स हुनुपर्ने नियम फिफाले ल्याएपछि एन्फाले अब्दुल्लाहलाई प्रशिक्षक बनाएको हो ।
यसअघि अब्दुल्लाहले कतारको अल सहनी फुटबल क्लबको यु–२३ टिमलाई प्रशिक्षण दिएका थिए। उनी किर्गिस्तानको यु–१७ टिमका प्रशिक्षक समेत रहेका थिए।
उनीसँग साउदी कतार,किर्गिस्तान,अरेबिया र कुवेतका विभिन्न टिमको प्रशिक्षक भएर काम गरेको अनुभव छ।
आगामी जुन महिनामा हुने विश्वकप छनोटका खेल र आगामी सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपमा पनि अब्दुल्लाहले नेपाली टिमको नेतृत्व गर्ने छन्।