नेपालले नेदरल्यान्ड्ससँगको खेलमा पहिले ब्याटिङ गर्ने

  • Avatar
    admin

    April 20, 21 7:55 am

  • Comments

काठमाडौँ, ७ वैशाख । आज हुने नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा आज मध्यान्हमा भएको टसमा नेपालले टस जित्दै ब्याटिङ गर्ने निर्णय गरेको छ ।

Advertisement

नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन । नेपालले नेदरल्याण्ड्स र मलेसियासँगको दुवै खेल समान ९ विकेटले जितेको थियो ।मलेसियासँगको खेलमा नेपालले आरिफ शेखको स्थानमा कुशल मल्ललाई खेलाएको थियो ।

नेदरल्याण्ड्ससँगको आजको खेलमा विजय हात पारे नेपाल अपराजित रही फाइनल पुग्ने छ । नेदरल्याण्ड्ले नेपालसँगको खेल जितेमा फाइनल पुग्ने सम्भावना बलियो बनाउने छ।