नेपालमा थप ६४६२ सङ्क्रमित, ४ जनाको मृत्यु

`

     २०७८ माघ ०९ गते १०:५५
  • 13
    Shares

काठमाडौँ । नेपालमा थप ६४६२ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ५५९८ र एन्टीजेन परिक्षणबाट ८६४ गरि कुल ६४६२ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७७ हजार ४० पुगेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएसंगै नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६५५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?