नेपालमा कोरोनाविरुद्धको खोप १५ वर्षभन्दा माथिका सबै नागरिकलाई उपलब्ध गराउन ६० अर्ब लाग्ने अनुमान

  • Avatar
    admin

    November 21, 20 6:09 am

  • Comments

एजेन्सी, ६ मंसिर । कोरोना भाइरसविरूद्धको खोप लगाउन नेपालमा अर्बौं रुपैयाँ आवश्यक पर्न सक्ने अनुमान गरिएको छ।

Advertisement

१५ वर्ष उमेरभन्दा माथिका सबै मानिसलाई खोप लगाउन ६०  अर्ब रुपैयाँ आवश्यक पर्न सक्ने अनुमान गरिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गठन गरेको एउटा विज्ञ समितिका संयोजकले कोभिड–१९ को खोप उपलब्ध भए त्यसका लागि ६० अर्ब रुपैयाँ लाग्न सक्ने अनुमान गरिएको बताएका छन्।

उनका अनुसार मन्त्रिपरिषद्ले अनुमोदन गरेको खोपसम्बन्धी एउटा प्रस्तावअन्तर्गत कुल लागतको कम्तीमा २० प्रतिशत सरकारले बेहोर्ने र बाँकी रकमका लागि दातृनिकाय र विकास साझेदारलाई आग्रह गरिने योजनामा सरकार छ।

advertisement

केही दिनअघि सरकारले अर्थ, परराष्ट्र तथा स्वास्थ्य मन्त्रालयका सचिव सम्मिलित समिति गर्दै कोभिड–१९ को खोप प्रभावकारी देखिनेबित्तिकै नेपाल भित्र्याउन पहल गर्ने जिम्मेवारी दिएको थियो। बीबीसीबाट