नेकपा एमालेको ओलिवेशन हो, अधिवेशन होइन – गगन थापा

`

     २०७८ मंसिर १२ गते ५:३१
  • 12
    Shares
मङ्सिर १२, चितवन । नेपाली काँग्रेसका युवा नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले नेकपा एमालेको ओलिवेशन भएको र आफूहरूको चाहिँ  अधिवेशन भएको बताएका छन् । उनले नेकपा एकालेको अधिवेशन ओलीको एकलौटी र मनोमानीमा चल्ने भएकाले ओलिवेशन भएको बताएका हुन ।
नेकपा एमालेको अधिवेशनमा कहीँ हानथाप, कहीँ मुङ्ग्रा मुङ्ग्री, कहीँ कुस्ताकुस्ती भने कहीँ रण मैदान बनेको छ । यो लड्यो भनेको छ, त्यो ढल्यो भनेको छ, यो जताततै लडन्त छ, भिडन्त छ, त्यहीँ भएर एमाले अधिवेशन अधिवेशन नभएर ओलिवेशन भएको नेता थापाले बताएका छन् ।
पार्टी कार्यकर्ताहरू स्वतन्त्र हुने तर ओलिवेशनमा कोही पनि पार्टी कार्यकर्ता स्वतन्त्र नभएर बाका सन्तान मात्रै रहेका छन् । मत रहेको ठाउँमा मतभेद हुनसक्ने भन्दै चितवनको अधिवेशनमा भने सबै एकमत भएर बा बा मात्र भनिरहेका छन्, । आज नारायणी किनारमा अधिवेशन नभएर कसले ओली बाको पाउमा तेल राम्रोसँग दल्न सक्दछ भन्ने कुराको प्रतिस्पर्धा भइरहेको छ, नेता थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?