निखिलले नयाँ फिल्म बनाउने

`

सर्बोच्च संवाददाता

काठमाडौँ, २१ मंसिर । केहि समय  फिल्म क्षेत्रबाट टाढो रहेका निखिल उप्रतीले अहिले फिल्म निर्माणको तयारीमा जुटेको बताएका छन् । हालै एक टेलिभिजन शोमा अन्तर्वार्ताको क्रममा आफू नयाँ फिल्म निर्माणको तयारीमा रहेको उनले स्पष्ट पारेका हुन् ।

Advertisement

‘म अव महाफन्टुस फिल्म बनाउँछु । त्यसका लागि तयारी समेत गर्दैछु’, उनले अगाडि भनेका छन् ‘कमर्शियल फिल्म बनाउन्न किनभने कमर्शियल भित्र शिक्षा हुँदैन ।’ आफूलाई कलाप्रति क्रेजी भएका व्यक्तिहरु फिल्मका लागि चाहिएको समेत उनले बताएका छन् ।

करिव २ सय हाराहारी फिल्म अभिनय गरेका निखिलले पछिल्लो समय अभिनय गरेको फिल्म ‘पिंजडा ब्याक अगेन’ हो । त्यसपछि उनी फिल्म ‘भैरव’ को सिक्वेल निर्माणको तयारी गर्दै थिए । कोरोनाको कारणले फिल्मको निर्माण अगाडि बढ्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?