नागार्जुनको जङ्गलमा आगलागी, हेलिकोप्टरबाट पानी खसाउने तयारी

  • Avatar
    admin

    April 11, 21 10:04 am

  • Comments

काठमाडौँ, २९ चैत। काठमाडौँको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जङ्गलमा आगलागी भएको छ । अहिले केही बेरअघिबाट त्यस क्षेत्रमा आगलागी भएको प्रहरीले जनाएको छ ।

Advertisement

आगो नियन्त्रणमा लिनका लागि स्थानीय, सेना, प्रहरी, सशस्त्र लगायतको टोली लागि रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले जानकारी दिए ।

उनका अनुसार आगलागी नियन्त्रणमा लिन हेलिकोप्टरबाट पानी खसाल्ने तयारी भइरहेको छ ।

यसअघि पनि ताप्लेजुङमा भएको आगलागीमा सिम्रिक एयरको हेलिकोप्टरबाट पानी खसालेर नियन्त्रणमा लिइएको थियो ।