नाइजेरियाली विमान दुर्घटनामा सात व्यक्तिको मृत्यु भएको सेनाद्वारा पुष्टि

  • Avatar
    admin

    February 22, 21 12:57 am

  • Comments

एजेन्सी, १० फागुन । नाइजेरियाको राजधानी अबुजाको विमानस्थलमा आइतबार भएको सैनिक विमान दुर्घटनामा चालक दलका सदस्यसहित सात सैनिक अधिकारीको मृत्यु भएको नायजेरियाली सेनाले पुष्टि गरेको छ ।यस अघि उड्डयन मन्त्री हदी सिरिकाले विमान दुर्घटनाको पुष्टि गरे पनि विमानमा यात्रारत व्यक्तिको विवरणबारे केही बताउनुभएको थिएन । उहाँले भन्नुभयो, “सैनिक विमान किङ एअर ३५० अबुजाबाट मिएनाका लागि छुट्दासाथ अबुजा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ ।

Advertisement

सिरिकाले हामी शान्त रही सेनाको अनुसन्धानको नतिजाको लागि पर्खनु पर्छ भन्दै सबैलाई मृतात्माको शान्तिका लागि प्रार्थना गर्न आग्रह गर्नुभएको थियो ।