नयाँ खेलाडीलाई मौका दिन्छु: प्रशिक्षक अलमुताइरी

`

     २०७८ माघ ०५ गते ६:२३
  • 55
    Shares

काठमाडौँ, ५ पौष । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण सातदोबाटोमा मंगलबारदेखि प्रारम्भ भएको छ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए पनि २८ जना खेलाडी मात्र उपस्थित भएका थिए। फिफा विन्डोमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले प्रशिक्षण सुरु गरेको हो।

फिफा विन्डोमा नेपालले मरिसससँग माघ १५ र १८ गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्दैछ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा कुरा गर्दै मुख्य प्रशिक्षक अलमुताइरीले मरिससबिरुद्ध खेल्न तयारी अवस्थामा रहेको प्रतिक्रिया दिएका छन्। मरिससबिरुद्धको खेलमा केही नयाँ खेलाडीलाई मौका दिने जानकारी पनि मुख्य प्रशिक्षक अल्मुताइरीले दिएका छन्।

नेपालको प्रारम्भिक टिम

विशाल श्रेष्ठ
दिप कार्की
किरण कुमार लिम्बु
सत्रुघन चौधरी
टिकेन्द्र थापा
आशिष लामा
आशिष राई
आयुष घलान
आकाश बुढामगर
अन्नत तामाङ
अञ्जन विष्ट
एरिक विष्ट
विमल घर्तीमगर
विशाल राई
दर्शन गुरूङ
देवेन्द्र तामाङ
दिनेश हेमजन
दिनेश राजवंशी
गौतम श्रेष्ठ
जगजित श्रेष्ठ
कमल थापा
कृतिश रत्न छुन्जु
मनिष डाँगी
नविन गुरुङ
नितिन थापा
पुजन उपरकोटी
शुभाष गुरूङ
सुदिप गुरूङ
सुजल श्रेष्ठ
सुमन अर्याल
सुमन लामा
सुनिल बल
सुरज ज्यू ठकुरी
सुशील राई
तेज तामाङ

यो पटकको प्रशिक्षणमा चोटबाट मुक्त भएर फर्किएका विमल घर्तिमगरसँगै लामो समयदेखि अष्ट्रेलियामा रहेका जगजित श्रेष्ठले पनि कमब्याक गरेका छन्।

जसमा जगजितले राष्ट्रिय टिममा फर्किने अन्तिम अवसर हुन सक्ने बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?