धनुषामा पोखरीमा डुबेर ५ बालिकाको मृत्यु

  • Avatar
    admin

    June 11, 21 9:12 am

  • Comments

जनकपुरधाम, २८ जेठ । धनुषाको मुखियापट्टी मुसहरनियामा आज पाँच बालिकाको पानीमा डुबेर मृत्यु भएको छ ।

Advertisement

जिल्लाको दक्षिणी भेग नेपाल–भारतको सिमानामा पर्ने मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ स्थित एकै गाउँका पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया नातनी चाँदनी र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता रहेको प्रहरीले जनाएको छ ।

स्थायनीय हुलास यादवको खेतमा खनिएको करिब नौँ फिट गहिरो पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।