दयाहाङ र लक्ष्मीकाे ‘परानै दिन्छु २’ सार्वजनिक (भिडियाेसहित)

  • Avatar
    admin

    December 1, 20 2:49 pm

  • Comments

काठमाडाैं, १६ मंसिर । गायक तथा संगीतकार हरि लम्साल र मेलिना राईको स्वरमा तयार भएको ‘सुन न’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। ‘परानै दिन्छु२’ को रुपमा तयार पारिएको सुननमा शब्द शृजना प्रलाद शाहको शब्द शृजना रहेको छ भने संगीत हरि लम्सालको रहेको छ।

Advertisement

अभिनेता दयाहागं राई र अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय रहेको गीतमा पहिलो प्रेमको सुरुवाती कथालाई देखाइएको छ। गाउँ घर, उकाली ओराली गर्दै मिलको रुपमा रहेको पानी घट्टमा अन्न लिएर पिस्न जाँदा २ युवा युवती एक अर्काप्रति आर्कर्षित भएको प्रेम कथालाई भिडियोमा कलात्मक तरिकाले देखाइएको छ।

advertisement

काभ्रेको पनौती नगरपालिकाको कुशादेवी भन्ने स्थानमा छायांकन गरिएको भिडियोले नेपाली ग्रामीण परिवेशमा पनि जीन्दगी जिउँदै प्रेम सम्बन्धमा रमाउनेहरुको कथामा दया र लक्ष्मीको जोडी निकै सुहाएको छ। निकेश खड्काले निर्देशन गरेको भिडियोको छायांकन उत्तम हुमागाईले गरेका हुन् भने सम्पादन विकाश धमलाले गरेका हुन्। मिक्सिगं तथा मास्टरिगं प्रकाश मिश्रको रहेको गीतको भिडियो टुवेल्भ नोट्सबाट बजारमा आएको हो।