दयाहाङ राई नेपाल–युरोपियन फिल्म फेस्टिभलकोे ब्रान्ड एम्बेस्डरमा नियुक्त

`

सर्बोच्च संवाददाता

काठमाडौँ, १४ भदौ । नायक दयाहाङ राई नेपाल–युरोपियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् ।

Advertisement

आयोजक युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो । युरोेपियन युनियनले दयाहाङलाई महोत्सवको ब्रान्ड एम्बेसडर नियुक्त गर्न पाउँदा खुशी लागेको बताएकोे छ ।

राइ भन्छन–‘महामारीले चलचित्रका गतिविधि ठप्प भएको समयमा फिल्म फेस्टिभल हुनु नै सकारात्मक कुरा हो । अझ फेस्टिभलमा नेपाली फिल्म पनि समावेश हुने कुराले मलाई उत्साहित बनाएकोे छ । यो फेस्टिभल आफैंमा साँस्कृतिक आदान प्रदान जस्तो हो । यसले हाम्रो फिल्म साक्षरताका लागि पनि महत्वपूर्ण योगदान गर्नेछ भन्नेमा विश्वस्त छु ।’

नेपाल युरोपियन फिल्म फेस्टिभलको यो दसौँ संस्करण आउँदो असोज १ देखि ९ गतेसम्म भर्चुअल रुपमा चल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार शीर्षकहर थप