थप १५६२ संक्रमित, १९ जनाको मृत्यु

`

सर्बोच्च संवाददाता

काठमाडौँ, २९ भदौ । नेपालमा थप १५६२ जनामा कोरोना पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ११८० र एन्टीजेन परिक्षणबाट ३८२ गरि कुल १५६२ जना संक्रमित थपिएको जानकारी दिएको हो । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार २०२ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५८९ जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?