त्रिभुवन आर्मी र श्रीलङ्का पुलिस क्लब आज भिड्दै

  • Avatar
    admin

    April 7, 21 6:32 am

  • Comments

काठमाडौँ, २५ चैत। त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप–२०२१ प्ले अफमा आज श्रीलंकन पुलिस स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

Advertisement

नेपालको एक मात्र एएफसी लाइसेन्स प्राप्त आर्मीले श्रीलंकन पुलिससँग खेल्न लागेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने दुई टोलीबिचको खेल साँझ साढे ५ः३० बजे सुरु हुनेछ । प्ले अफअन्तर्गत पहिलो खेलमा आर्मीलाई घरेलु मैदानमा आफूलाई प्रमाणित गर्ने अवसर छ ।

आर्मीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले खेलाडीहरू पूर्ण रूपमा फिट भएकाले आफ्नो टिमले उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

एएफसीको लाइसेन्स प्राप्त गरिसकेपछि नै आफूहरूले तयारी गरिरहेको बताउँदै उनले टिमको प्रदर्शन सम्झन लायक हुने दाबी गरे ।

पहिलो खेलमा श्रीलङ्काको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल अप्रिल १४ मा हुने भएको छ ।

भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले यही अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ । सो खेलको विजेताले समूह चरणको समूह ‘डी’मा स्थान बनाउने छन् ।

आर्मीका कप्तान भरत खवास पनि अन्तर्राष्ट्रिय फुटबलमा आफूहरूको पहिचान बनाउन यो प्रतियोगिता महत्त्वपूर्ण भएको बताएका छन् ।