काठमाडौँ, ३ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट साउनदेखि पुस महिनासम्ममा १३ अर्ब ५६ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।
विमानस्थल भन्सारले यस अवधिमा ११ अर्ब ७२ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएको थियो । यस्तै, उक्त भन्सार कार्यालयबाट गत आर्थिक वर्ष २०७७र७८ को ६ महिनामा जम्मा ८ अर्ब ४ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।
गत आर्थिक वर्षको तुलनामा यस वर्षको ६ महिनामा ४ अर्ब ५२ करोड रुपैयाँ बढी राजश्व संकलन भएको हो ।
पछिल्लो समयमा विदेशबाट आयात हुने वस्तुको भन्सार जाँचपास गर्दा मूल्याङ्कनमा गरिएको सुधारका कारण राजश्व संकलनमा सुधार आएको हो ।