तीव्र रूपमा फैलिँदै कोरोना, कोभिड अस्पतालमा बढ्न थाले बिरामी

  • Avatar
    admin

    April 11, 21 9:56 am

  • Comments
विराटनगर, २९ चैत्र । केही महिनाअघि बिरामी विहीन बनेको कोभिड १९ अस्पतालमा कोरोना भाइ सका बिरामी भर्ना हुन थालेका छ। भारतमा देखिएको दोस्रो चरणको सङ्क्रमण बढेसँगै विराटनगर १० स्थित प्रदेश सरकारको कोभिड १९ अस्पतालमा भर्ना हुनेको सङ्ख्या प्रत्येक हरेक दिन बढ्दै छ ।
अस्पतालका अनुसार चैत्र २५ गते एक जना र २७ गते ६ जना बिरामी भर्ना भएको हो । ।
तीन महिलासहित सात बिरामीमध्ये झापाको ४ जना रहेका छन् ।  विराटनगरका एक जनासँगै प्रदेश २ को सिरहाको एकजना भर्ना रहेको अस्पतालले जनाएको छ । विराटनगरसहित आसपासको क्षेत्रमा कोरोना सङ्क्रमण देखिन थालेपछि सो अस्पताललाई प्रदेश सरकारले पुन सञ्चालनमा  ल्याएको हो । केही महिनादेखि बिरामी विहीन बनेको सो अस्पतालमा कार्यरत करारका कर्मचारीको करार अवधि नथपी प्रदेश सरकारले हटाएको  थियो ।
करारका कर्मचारी हटाएको केही दिनपछि प्रदेश १ को राजधानी विराटनगरसहित आसपासमा कोरोना सङ्क्रमित भेटिन थालेपछि सञ्चालनको लागि मन्त्रालयले तीन जना चिकित्सक र ३ जना नर्सलाई पुनस् बोलाएर सञ्चालन गरेको हो  ।
सामाजिक विकास मन्त्रालय प्रदेश १ का प्रवक्ता ओम कुमारी राजवंशीले प्रदेश १ का कोरोना पोजेटिभ दरमा वृद्धि भएको बताइन्।  उनका अनुसार दुई दिनदेखि पोजेटिभ हुने दरमा १० प्रतिशतले वृद्धि भएको हो । एक्टिभ केसमा दिनानुदिन वृद्धि हुँदै गएको उनले बताइन्। उनले १० दिनअघि प्रदेशमा ४३ जना पोजेटिभ केस रहेकोमा शनिवार सम्म एक सय १६ जना पुगेको बताउनु  ।
प्रवक्ता राजवंशीका अनुसार मोरङमा ६३ जना संक्रमति रहेकोमा विराटनगर महानगरपालिका मात्रै ५६ जना पोजेटिभ रहेको बताइन् ।  पहिलो चरणमा पनि कोरोना सङ्क्रमणको हटस्पट बनेको विराटनगरमा सङ्क्रमितको सङ्ख्या बढेको उनले बताइन्।  भारतसँग जोडिएको सीमा बन्द भए पनि चोर बाटो भएर दैनिक हजारौँको सङ्ख्यामा आउने जाने गरेकाले विराटनगरमा सङ्क्रमणको दर बढ्दै गएको जानकारी दिनु भयो ।
२०७६ चैत्र २१ गते देखि सञ्चालनमा आएको सो अस्पतालमा वैशाख ५ गते देखि बिरामी भर्ना लिएको थियो । नेशनल ट्रडिकको भवनमा प्रदेश सरकारले सुरुमा ८० बेडको कोभिड १९ अस्पताल सञ्चालन गरेको थियो ।
आइसियु ८ बेड , एच डी २२ बेड र रिकभरी १२ बेडसहितको सो अस्पतालमा पहिलो चरणको कोभिड महामारीको बेला दैनिक ४० देखि ६० जना कोरोना बिरामी आउने गरेका थिए ।  चैत्रदेखि सुरु गरेको सो अस्पतालमा पुस ५ गतेदेखि  अक्सिजनसहितको सय बेडको कोभिड अस्पताल सञ्चालन गरेको थियो।
प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सहयोगमा करिब  ८ करोड रुपैयाँको लागतमा अस्पताल सञ्चालनमा आएको हो । पहिलो चरणमा सो अस्पतालबाट ३ सय जना महिलासहित ८ सय २९ जना उपचार्थ भर्ना भएका थिए भने ३७ पुरुषसहित ५६ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।