तीन हजार किलोमिटर यात्रा गरेको भारतीय बाघ संरक्षित क्षेत्रमा

  • Avatar
    admin

    November 19, 20 4:49 am

  • Comments

एजेन्सी, ४ मंसिर । भारतमा सबैभन्दा लामो यात्रा गरेको बाघ एउटा संरक्षित क्षेत्रमा अहिले एक्लै बसिरहेको छ। अभिलेख राखिएको मध्ये उक्त बाघले सबैभन्दा लामो यात्रा गरेको जनाइएको छ।

Advertisement

वन्यजन्तु अधिकारीहरूले ‘वाकर’ नाम दिएको साढे तीन वर्षको भाले बाघले भारतको महाराष्ट्रको आरक्ष अघिल्लो वर्षको जुनमा छाडेको थियो। शिकार, बासस्थान वा पोथीको खोजीमा आरक्ष छोडेपछि उपकरणजडित उक्त बाघले करिब ३,००० किलोमिटर यात्रा गर्ने क्रममा महाराष्ट्र र तेलङ्गना राज्यका सातवटा जिल्ला प्रवेश गरेको थियो।

advertisement

मार्च महिनामा महाराष्ट्रकै अर्को संरक्षण क्षेत्रमा बसेको बाघबाट अधिकारीले निगरानी गर्न प्रयोग गरिने उपकरण गएको एप्रिलमा हटाएका थिए। बीबीसीबाट