तपाईको आजको राशिफल : हल्लाको पछि लाग्दा दु:ख पाइने

  • Avatar
    admin

    August 5, 20 12:33 am

  • Comments

वि.सं.२०७७ साल साउन २१ । बुधबार । ईश्वी सन् २०२० अगष्ट ०५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि– द्वितीया,४० घडी १४ पला,बेलुकी ०९ बजेर ३५ मिनेट उप्रान्त तृतीया । नक्षत्र– धनिष्ठा,१० घडी ०२ पला,बिहान ०९ बजेर ३० मिनेट उप्रान्त शतभिषा । योग–सौभाग्य,०१ घडी ५६ पला,बिहान ०६ बजेर १६ मिनेट उप्रान्त शोभन । करण– तैतिल,बिहान ०९ बजेर ०९ मिनेट उप्रान्त गर,बेलुकी ०९ बजेर ३५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय ०५ बजेर २९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४८ मिनेट । दिनमान ३३ घडी १६ पला । पञ्चक। रोपाइँजात्रा। दथुसाय यलमतया।

Advertisement

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : कृषि तथा पशुपालन व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । खनिज पदार्थ तथा पानि सँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानि हुनेछ । शिक्षा तथा बैक सँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानि हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । ईच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : बिद्या तथा प्रतिश्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै तपाईकै नाम अग्र स्थानमा आउँनेछ । व्यापार व्यावसायमा भने जस्तो नाँफा कमाउँन सकिनेछ भने थप लगानि बढाउँने बाताबण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियालि छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबिच बिश्वास बढेर जानेछ । नयाँ नयाँ कामको प्रस्ताव आउँनेछ भने नोकरिमा पदोन्नति हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : बौद्धिकताकोा प्रयोगले सफलताको सुत्र पत्ता लगाउन सकिनेछ भने उत्तम बस्त्र,मनपर्ने तथा बिलाशी बस्तु हात लागि हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा सस्कार सस्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो लगानिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । प्रेमलाई विवाहरुपी निकास दिने सहमति जुट्ने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : सत्यता बुझेर अगाडि बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुख पाईनेछ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनाबस्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरुकै कामका लागि समय खर्चनु पर्ने हुँदा आफ्नो काम थाति रहनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : व्यापार व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा छोटो दुरिको यात्रा हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पति तथा बिलाशि बस्तुहरु जोड्न सकिनेछ । लामो समय देखिको प्रेमलाई बिवाहमा परिणत गर्नको लागि प्रक्रिया अगाडि बढ्नेछ भने पति पत्नि बिच आत्मियता बढेर जानेछ । अध्ययन अध्यापनमा समय खर्चिने हरुले सोचेजस्तो नतिजा हात पार्न सक्नेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : बिवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु स्वत स्फुर्त रुपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवन साथिसँग रमाईलो यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जागर बढ्नेछ । बिलाशीताले खर्च बढाएपनि भौतिक सम्पति तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । आर्थिक समस्या सुल्झाउदै शिक्षा तथा बैकिङ क्षेत्रमा लगानि बढाउन सकिनेछ । बंश बृद्धिको गतिलो योग रहेकोछ भने नोकरिमा बढुला हुने योग रहेकोछ । बौद्धिकताले सम्मान दिलाउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : घरायसि समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमा सँग टाडिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाईने छैन । कृषि तथा सहकारि व्यावासायमा भने मनग्गे आम्दानि हुने योग रहेकोछ । समाजसेवामा तथा राजनितिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिएपनि नतिजाको लागि केहि समय कुर्नुनै पर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : उद्योग तथा उत्पादन मुलक व्यावसायमा लागानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो दुरिको उपलब्धि मुलक यात्राको तय गर्न सकिनेछ भने व्यापारमा प्रशस्त आम्दानि हुनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । पुराना विवादित बिषयहरु हल भएर जानेछन् । नाँफामुलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : परिवार तथा नजिकका मानिसबाट तपाईको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : भौतिक बस्तुको प्रयोग गर्न पाईने तथा राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ । तपाईबाट राम्रा काम हुने हुनाले परिवार तथा साथिभाईहरु खुसि हुनेछन् । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ भने व्यापारमा आजको दिन लगानि गर्नाले पछिसम्म लाभ मिल्नेछ ।

advertisement

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): व्यावसायबाट आम्दानि गर्न लगानि बढाउनु पर्ला । खर्च बढ्ने तथा कामहरु नहुने प्रशस्त सम्भावना रहेकोछ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसि खर्च व्यावस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई खर्च हुने योग रहेपनि छोटो दुरिको यात्रा हुने तथा विदेशी सामानको व्यापार व्यावासाय फस्टाएर जानेछ ।