तत्काल ब्याजदर बढे पनि सेयर बजार लाई खासै असर नपार्ने

`

     २०७८ माघ २८ गते ४:१३
  • 220
    Shares

काठमाडौँ, माघ २८ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघ (NBA) ले शुक्रबार निक्षेपको ब्याजदर बढाएर ११.०३ प्रतिशत बनाउने भद्र सहमति गरेसंगै यसको बिरुद्यमा चौतर्फि आलोचना सुरु भएको छ । वाणिज्य बैंकहरुबीच भएको निक्षेपको ब्याजदर बढाउने भद्र सहमतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आपत्ति जनाएको छ ।

ब्याजदर र तरलताको प्रत्यक्ष असर सेयर बजारमा हुने भएतापनि महिनौँ सम्म स्थिर रहेको ब्याजदर बढ्छ भन्ने धेरै लगानीकर्तालाई थाहा थियो। त्यसैले धेरै लगानीकर्तामा अब ब्याजदर बढ्छ भन्ने मनस्थिति बनेको पाइन्छ । तर यसले दिर्घकालिन रुपमा सेयर बजार लाई खासै असर नगर्ने अधिकांश लगानिकर्ता र बिश्लेषकहरुको दाबि रहिआएको छ ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालका अनुसार समयको चक्रअनुसार ब्याजदर बढ्ने र घट्ने गर्दछ। ‘ब्याजदर सधैँ सस्तो हुन्छ भन्ने हुँदैन। समयअनुरुप तल–माथि हुनु स्वाभाविक हो’, उनले भने। केही दिनमा सरकारको चुनावी खर्च हुने देखिन्छ’, ढकाल भन्छन्, ‘गृहले चुनावका लागि रु. १९.५ अर्ब मागेको अवस्था छ। त्यस्तै निर्वाचन आयोगले १२ अर्बका साथै १ लाख म्यादी प्रहरी भर्ना हुने भनिएको छ। त्यसैले केही दिनहरुमा तरलता सहज हुने देखिन्छ । तरलता सहज भएसँगै ब्याजदर पनि सहज बन्दै जान्छ।

चुनावमा समग्र अर्थतन्त्र चलायमान हुनुका साथै आर्थिक गतिविधि बढ्ने गरेको छ । सरकारले चुनावका लागि गाउँ–गाउमा छुटाएको पैसा पनि बैंकिङ प्रणालीमा साथै सेयर बजारमा आउने भएकाले बजारमा सकारात्मक प्रभाव पर्छ। हाल सेयर बजार प्रति अर्थ मन्त्रालय सकारात्मक हुनु, नयाँ लगानी कर्ताहरूको उल्लेख्य वृद्धि, ठुला लगानीकर्ताहरूको प्रवेश, लाभांश सिजन, बैङ्क तथा वित्तीय संस्थाहरूको नाफामा उल्लेख्य वृद्धि, लगानीकर्ताहरूको उच्च मनोबल लगायतका कारण नेप्सेले इतिहास रच्ने अत्यन्तै ठुलो सम्भावना रहेको जानकारहरू बताउँछन् ।

नेप्सेले छिट्टै ३६०० को बिन्दु चुम्न सक्ने आधारहरु

१. सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने घोषणा गरेकोले

२. ५० लाख भन्दा बढी लगानीकर्ता प्रत्यक्ष रुपमा सेयरबजार प्रवेश गरिसकेको अवस्था।

३. प्रबिधिको विकास, टिएम यस यूजरको संख्यामा वृद्धि र अनलाइन कारोबारमा आएको सहजताले बजारलाई सपोर्ट गरिरहेको छ ।

४. लाइफ र ननलाइफले क्यास डिभिडेण्ड दिन नपाउने र बोनसमा जोड दिनुपर्ने नियामक निकायको सर्कूलर आएको कारण ।

५. बैंकहरूले माइक्रोफाइनान्सको शेयर पौष मसान्तसम्म बिक्रि गरिसकेकाले अब माइक्रोमा सप्लाई घट्नेछ ।

६. माघ मसान्तपछि सरकारी खर्च बढ्दैजाने बिगतको अभ्यासका कारण वित्तीय क्षेत्रमा तरलता सहज भई बजार बढ्ने देखिन्छ ।

७. नेतृत्व विहिन धितोपत्र बोर्डले चाडै नै नेतृत्व प्राप्त गर्दैछ ।

८. नेपाल रास्ट्र बैंकले सरकारी खाताको ८० प्रतिशत रकमलाई निक्षेपका रूपमा गणना गर्न दिने ब्यवस्था र ९२ अर्बको पुनर्कर्जाका करण पनि बैंकहरूमा तरलता थप सहज भएको छ ।

९. बैंकहरूमा डलर खाता खोल्न एनारएनलाई प्रोत्साहन गर्ने अर्थमन्त्रालयको प्रयासले अब बैंकहरूमा तरलता थपिने अनुमान गर्न सकिन्छ ।

१०. रास्ट्र बंकले आयात निरुत्साहित गर्ने पोलिसी लिएको छ, यसले पनि तरलता सहज बनाउनेछ ।

११. बैंकहरूले विदेशबाट बचत ल्याइरहेको र ल्याउने प्रक्रिया अघि बढाइरहेकाले बैंकहरूमा तरलता वृद्धि गर्ने देखिन्छ ।

१२. चुबाव नजिकिँदै गरेको हुनाले मतदाताहरूको सेन्टिमेन्ट जित्न एकातिर राजनैतिक दलहरू बजारप्रती सकारात्मक देखिन थालेका छन् भने अर्कोतिर चुनाबमा हुने खर्चले बजारमा थप तरलता बढ्ने देखिन्छ ।

१३. बजारमा ट्रेडर र ठूला लगानीकर्ताहरू प्रवेश गरेका कारण बजार माथी जाने देखिन्छ।

१४. कोभिड १९ ९ओमिक्रोन भेरिएन्ट० को प्रभाव बढ्दै गइरहेको अवस्थामा पूर्ण लकडाउन नभए पनि ब्यापारमा जाने पैसा पुनः सेयर बजारमा आउनसक्ने सम्भावना देखिएकाले बजार थप बढ्नसक्ने देखिन्छ ।

१५. पछिल्लो सयम बैंकहरूमा तरलता सहज हुँदै गएको छ भने केही बैंकहरूले कर्जा लगानी सुरु गरेका छन् ।

१६. दिर्घकालिन लागानिकर्ताहरुको संख्या र ठुलो लागानि तिव्र गतिमा बढ्दै जानु ।

१७. ४०–४५ लाख लगानीकर्ता मतदाता रहेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?