टोकियो ओलम्पिकमा हुने फुटबलतर्फको ड्र सार्वजनिक

  • Avatar
    admin

    April 21, 21 11:40 am

  • Comments

एजेन्सी, ८ वैशाक ।  बुधबार स्विट्जरल्याण्डको ज्युरिचमा आगामी जुलाई(अगष्टमा जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि फुटबलतर्फको पुरुष र महिला दुवैको ड्र सार्वजनिक गरेको छ।

Advertisement

यू–२३ टिमले खेल्ने ओलम्पिकमा पुरुषतर्फ १६ र महिलातर्फ १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा पुरुषतर्फ चार वर्षअघिको विजेता ब्राजिल र उपविजेता जर्मनी एकै समूहमा परेका छन् । समूह डी मा ब्राजिल र जर्मनीसँगै आइभरीकोष्ट र साउदी अरेबिया छन् ।

समूह ए मा आयोजक जापान, फ्रान्स, मेक्सिको र दक्षिण अफ्रिका छन् । समूह बी मा न्युजिल्याण्ड, दक्षिण कोरिया, होन्डुरस र रोमानिया परेका छन् भने समूह सी मा इजिप्ट, स्पेन, अर्जेन्टिना र अष्ट्रेलिया छन् ।

महिलातर्फ आयोजक जापान, क्यानडा, बेलायत र चिली समूह ए मा छन् । यस्तै समूह बी मा चीन, ब्राजिल, जाम्बिया र नेदरल्याण्ड्स तथा समूह सी मा स्वीडेन, अमेरिका, अष्ट्रेलिया र न्युजिल्याण्ड छन् ।

टोकियो ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म हुँदैछ । फुटबलका खेल भने दुई दिन अघि जुलाई २१ मै शुरु हुनेछ र अगष्ट ७ मा सकिनेछ ।