झापामा वर्षमा ८ सय बढी मान्छे हराउँछन्, हराउनेमा १८ देखि ३० वर्षको समुह बढि

`

सर्बोच्च संवाददाता

काठमाडौँ, २१ मंसिर । जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट २ हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै महिला छन् । जसमध्ये १ सय ३० जना फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अर्थात् हराएको कुल सङ्ख्याको ४८ प्रतिशत मानिस फेला परेका छन् ।

Advertisement

उमेर समूहलाई आधार मान्ने हो भाने झापामा चालू आर्थिक वर्षमा सबैभन्दा धेरै १८ देखि ३० वर्ष उमेर समूहका १ सय ३४ युवायुवती हराएका छन् ।

आर्थिक वर्ष ०७८र७९ को कात्तिक मसान्तसम्ममा हराएकामध्ये ४३ प्रतिशत पुरुष, ४४ प्रतिशत महिला, ७४ प्रतिशत बालबालिका तथा ३० प्रतिशत ज्येष्ठ नागरिक फेला परेको उनले बताए ।

यस्तै, गत आव ०७७र७८ मा आठ सय आठ जना मानिस हराएका थिए । जसमा सबैभन्दा धेरै महिला हराएको प्रहरीले जनाएको छ । पुरुष एक सय ६६, महिला चार सय २४, बालबालिका एक सय ८८ र ज्येष्ठ नागरिक ३० जना हराएको प्रहरीले जनाएको छ ।

हराएकामध्ये ४२ प्रतिशत अर्थात् ४ सय ४० जना अझै फेला नपरेको तथ्याङ्क प्रहरीसँग छ । प्रहरीका अनुसार हराएकामध्ये ४९ प्रतिशत पुरुष, ५३ प्रतिशत महिला, ७६ प्रतिशत बालबालिका तथा ६७ प्रतिशत ज्येष्ठ नागरिक फेला परेका छन् ।

घरायसी समस्या, आर्थिक अभाव, माया प्रेम, मानसिक असन्तुलन, सङ्गत, मादक पदार्थ र लागुऔषधका कारणले हराउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?