जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार छौँ : ओली

`

     २०७८ माघ ०९ गते ७:४८

काठमाडौँ, ९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने काम गरिरहेको आरोप लगाएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै ओलीले ‘हाम्रो पार्टी गत बर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको हो र आज पनि हामी यो मान्यतामा अडिग छौं । हामी जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार छौं । साथै, हाम्रो स्पष्ट अडान छ– यस बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन’, अध्यक्ष ओलीले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यसैगरी ओलीले गत वर्ष आफुले ताजा जनादेशको माग गर्दा अनेकौं प्रहार गरिएको भन्दै जनताको बीचमा जानुलाई ‘प्रतिगमन’ र जनादेशविपरीत जस्केलाबाट सरकार बनाउनुलाई ‘अग्रगमन‘ भन्ने भाष्य निर्माण गरिएको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?